फिल्म समिक्षाः पेज थ्री
मधुर भण्डारकर द्वारा निर्देशित तथा बबी पुष्कर्ण र कविता पुष्कर्ण द्वारा निर्मित भारतिय फिल्म ‘पेज थ्री’ भारतको राजधानी शहर मुम्बईको संस्कृति र मिडिया को बारेमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म हो । यो फिल्म २००५ मा सार्वजनिक भएको ड्रामा फिल्म हो । भारतिय कलाकार कोंकणा सेन शर्मा, अतुल कुलकर्णी, सन्ध्या मृदुल, तारा शर्मा, अन्जु महेन्द्रु र बोमन इरानीको मुख्य भुमिका रहेको यो फिल्मले सर्वश्रेष्ठ फिल्मको लागि गोल्डेन लोटस अवार्ड सहित तीन राष्ट्रिय फिल्म अवार्ड समेत जितेको छ ।
कोंकणा सेन शर्माः माधवी शर्माको भूमिकामा,अतुल कुलकर्णीः विनायक मानेको भूमिकामा,सन्ध्या मृदुलः पर्ल सिक्वेराको भूमिकामा,तारा शर्माः गायत्री सचदेवाको भूमिकामा,अन्जु महेन्द्रुः रितु बजाजको भूमिकामा,बोमन इरानीः दीपक सुरीको भूमिकामा,विक्रम सलुजाः रोहित कुमारको भूमिकामा,नासर अब्दुल्ला, रोमेश थापर, उद्योगपतिको रूपमा रहेका छन् ।
माधवी शर्मा अर्थात कोन्कोना सेन शर्मा यस फिल्ममा पत्रकार को भुमिकामा रहेकी छन् । जो कामको खोजीमा मुम्बई गएकी हुन्छिन । उनलाई फिल्ममा एक अखबारका सम्पादकको भुमिका निर्वाह गरिरहेका दीपक सुरी अर्थात बोमन इरानी ले नियुक्त गर्छन । र सेलिब्रेटी समाचारहरूमा रिपोर्टिङ गर्ने तथा अखदवारको पृष्ठ घ को लागि लेखहरू लेख्ने जिम्मेवारी दिइएको हुन्छ ।
एयर होस्टेसको भुमिका निर्वाह गरिरहेकी पर्ल सेक्वेरा अर्थात सन्ध्या मृदुल, कोंकणा सेन शर्मासंगै कोठामा संगै बस्ने गरेका हुन्छन । उनले भव्य तथा रोमाञ्चक जीवन शैली पाउनका लागी एक धनी व्यक्तिसँग विवाह गर्ने लक्ष्य राख्छिन् । केही समयपछि एक महत्वाकांक्षी अभिनेत्रीको भुमिकामा रहेकी गायत्री सचदेवा अर्थात तारा शर्मा संग एक अपार्टमेन्टमा पर्ल सेक्वेरा मिलेर बस्छन । यसको केही समयपछि गायत्री एक प्रमुख अभिनेता को भुमिकामा रहेका रोहित कुमार अर्थात विक्रम सलुजा सँग प्रेम सम्वन्धमा रही गर्भवती हुन्छिन् । रोहितले उनलाई गर्भपतन गराउन दवाव दिएपछि गायत्र्रीले आत्महत्या गर्ने प्रयास गरेको बित्रषयलाइ माधवीले लेख बनाई प्रकाशित गर्ने योजना बनाउँछिन, तर उनको सम्पादकले कथालाई रोक्छ, र उनी रोहितसँग माफी माग्न बाध्य हुन्छिन् ।
यसपछि माधवी अपराधसँग सम्बन्धित कथाहरू खोज्दै हिड्छिन् । यस्तै एक यात्रामा, पुनस्र्थापना गृहका बालबालिकालाई दुव्र्यवहार गर्दै आएका पत्ता लगाउछिन । र उनको सम्पादकले उक्त समाचार पहिलो पृष्ठमा राख्ने वाचा गर्छ । पछि आफ्नो अखबारले ठूलो विज्ञापन राजस्व र अन्य प्रायोजन प्राप्त गरेकोले सम्पादकले व्यवसायमा ठूलो घाटा हुने डरले कथा प्रकाशित गर्न अस्वीकार गर्दै माधवीलाई कम्पनीबाट समेत बर्खास्त गरिन्छ ।
पछि गायत्री आफ्नो नाम कमाउनको लागि एक फिल्म निर्देशकसँग सम्वन्धमा बस्छिन र उनको अर्को फिल्ममा कास्ट हुन्छ । अर्को पत्रिकामा लेखिकाको रूपमा जागिर पाएकी माधवीले राजनीतिज्ञ, व्यापारी, चलचित्रकर्मी र समाजसेवीहरूको अभिजात र असाधारण जीवनमा भरोसा र इज्जतको कुनै ठाउँ हुँदैन भन्ने महसुस गर्छिन ।
समग्रमा कथाको लागी एकदम राम्रो बिषयबस्तु छनोट भएपनि कथाका ससना अवयवहरुलाई वेवास्ता गरिदिदा फिल्म अलि खल्लो बन्न पुगेको हो की जस्तो मलाई लाग्यो । धेरै पुरानो प्रबिधीवाट छायांकन भएको हुनाले पनि हुन सक्छ तर यसको छायांकनले दर्शकहरुलाई त्यति तान्न सक्ने क्षमता राख्दै न । फिल्मले पत्रकारिताको गहिराईलाई भने अलि बढी नै छोएको छ । जसले पत्रकारिताको बिश्वसनीयतामाथि नै धेरै प्रहार गर्न खोजेको छ, जुन वास्तवमा त्यस्तो नहुन पनि सक्छ ।
Comments
Post a Comment