शीतलहर जोखीम उच्चः कसरी जोगिन सकिन्छ त शीतलहरबाट

 

काठमाडौं— हिउँदयाम सुरु भएसंगै तराईका जिल्लाहरुमा बसोवास गर्ने मानिसहरुलाई एउटै समस्याले सताउने गर्दछ, त्यो हो शितलहरको । तराई मधेशका जिल्लाहरुमा केहिदिन यता चलिरहेको शीतलहरका कारण जनजीवन नै प्रभावित हुने गरेको छ । जल तथा मौसम बिज्ञान बिभागका बरिष्ठ मौसमबिद् प्रतिभा मानन्धरका अनुसार यसपाली भने अहिलेसम्म शीतलहर चलेकै घोषणा गर्नुपर्ने अवस्थाचाहीँ अहिले सम्म देखिएको छैन् । “अहिले नेपालका तराई भूभागमा, मुख्यतया मध्य तराई र आसपासमा केही समय हुस्सु कुहिरो लाग्ने र हट्ने गरेको अवस्थाचाहीँ छ तर शीतलहर नै चलेको चनेर भन्नका लागी निश्चत मापदण्ड छ त्यो पुरा भएको हुनुपर्छ तर अहिले नेपालमा त्यस्तो अवस्था छैन्” मौसमबिद् मानन्धर जोय नेपाललाई भने । मौसमबिद् मानन्धरकारका अनुसार नेपालको तराई क्षेत्रमा सामान्यतया डिसेम्वरदेखी फेबु्रअरी सम्मको समयमा शीतलहर चल्ने गर्दछ ।

कतिपय अवस्थामा त बाक्लो हुस्सुका कारण हवाई यातायात समेत प्रभावित हुने गर्दछ । पछिल्लो केही वर्षयता त शीतलहरबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको तथ्यांकहरु समेत आईरहेका छन् । मानिसहरुले आगो तापेर वा घरभित्रै बसेर भएपनि शीतलहर छल्ने गरेका छन् । खासगरी शीतलहर भनेको के हो? यसवाट कसरी बच्ने ? कस्ता मानिसहरुलाई यस्ले बढी जोखिममा पार्छ ? भन्नेजस्ता बिषयमा कतिपय मानिसहरु अनबिज्ञ नै छन् ।

के हो शीतलहर भनेको <

तराईका जिल्लाहरुमा अर्थात हिउँदमा बाक्लो हुस्सुलाग्ने स्थानहरुमा बिहानदेखि बेलुकीसम्म हप्तौंसम्म घाम नलागी तापक्रम घटेर चिसो बढी हुने गर्दछ । तराईका विभिन्न भागमा विशेष गरी पुस र माघ महिनामा आकाशलाई दिनभरि नै कुहिरोले ढाक्ने र घाम नलाग्ने हुँदा आकाशबाट अत्यन्त चिसो शीत खस्ने प्रक्रिया नै शीतलहर भनिने जल तथा मौसम बिज्ञान बिभागका बरिष्ठ मौसमबिद् प्रतिभा मानन्धरले बताइन । यो प्रक्रिया २ देखी ३ दिनसम्म रहिरहेमा मात्र शीतलहर भन्नमिल्ने उनको भनाई छ ।

यो कसरी उत्पन्न हुन्छ <

मानवीय कृयाकलापका कारण पछिल्लो समय पृथ्विको वायुमण्डल प्रदुषित हुदै गएको छ । इन्धनको अत्यधिक प्रयोग, बिशाक्त धुलोधुवाँ, हरितगृहको प्रभाव आदीका कारणले पृथ्विको सतह चिसो हुन थालेको छ, यसका कारण शीतलहर चल्ने बातावरणको निर्माण हुन्छ । यस्तै हिउँदे वर्ष नहुनु, भौगलिक अवस्था  हावाको बहाव आदीले पनि शीतलहरको वातावरणलाई अझ अनुकुल वनाउने गर्दछ ।  

मानव स्वास्थ्यमा शीतलहरले पार्ने असर

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रमुख स्वास्थ्य प्रशासक डा. यदुचन्द घिमिरेका अनुसार शीतलहरले खासगरी महिला वालवालिका तथा बृद्धबृद्धालाई बढी सताउने गर्दछ । “चिसो का कारण रक्तनलिहरु खुम्चिन्छन्, जसका कारण छालामा असर पर्ने सम्भावना बढी हुन्छ । तापक्रम कम हुदा छाला चिलाउने, सुन्निने, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनाव हुने, सामान्य वा कडा खालको रुघाखोकी लाग्ने, तथा निमोनिया लाग्ने जस्ता स्वास्थ्य समस्या देखिन्छन्” उनी भन्छन्,“शीतलहर अर्थात चिसोको कारण ब्लड प्रेसर, हृदयघात तथा मस्तिष्कघातको समस्या समेत उत्पन्न हुनसक्छ ।”

अनुसार शीतलहर चलेपछि वा चिसो छल्नका लागी धेरै मानिसहरुले कोईला, दाउरा, भुस आदी वाल्ने गर्दछन् । यसवाट उत्पन्न हुने कार्वनडाईअक्साईड तथा कार्वन मनोअक्साईडजस्ता ग्याँसहरुले मानिसको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ । शीतलहरकै कारणले तराईका जिल्लामा खभाईरल फ्लु, कोल्ड डाईरिया, खोकी तथा ज्वरो जस्ता स्वास्थ्य समस्या देखिने भएकोले सर्तक रहन डाक्टर रेग्मीको सुझाव छ ।

शीतलहरका कारण उत्पन्न हुने अन्य समस्याहरु

शीतलहरले गर्दा मानवस्वास्थ्यमा प्रतिकुल असर पार्नुका साथै कृषि, पशुपालन, यातायात, पर्यटन तथा शिक्षा लगायतका क्षेत्रमा समेत प्रतिकुल असर पार्ने गर्दछ । बिहान बाक्लो हुस्सुसंगै शीत पर्ने तथा दिनभरी कुहिरोका कारण घाम नै लाग्ने अवस्था नभएपछि सरकारी कामकाजका साथै बिद्यालयहरु पनि बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।

शीतलहरका कारणले पशुपक्षिंहरुलाई समेत असर पार्दछ । शीतलहरकै कारण हिउँदे बालीको उत्पादन समेत घट्ने गरेको छ । शीतलहरका कारण किसानले लगाएको आलु, तोरी तथा गोलभेडाजस्ता बिरुवाहरुलाई असर गर्दछ । यस्तै चिसो अत्यधिक बढेमा यस्ले अन्य बालीहरुमा समेत असर पुर्याउछ । शीतलहरका कारण घाम नलाग्दा बिरुवाहरुले खाना पकाउने प्रकृया अर्थात प्रकाश संश्लेषण प्रकृया गर्न पाउदैनन् जसका कारण बिरुवाहरुमा बिभिन्न खाले रोगहरु उत्पन्न भई हिउँदे उत्पादन नै कम हुन्छ ।

यस्तै चिसो बढ्दै जादा तराईका जिल्लाहरुमा देखिएको शीतलहरका कारण हवाई तथा स्थल यातायात समेत प्रभाबित हुने गर्दछ । कतिपय अवस्थामा भिजिविलिटी कम हुदा हवाई सेवा अवरुद्ध हुने वा उडान तथा अवतरणमा समस्या उत्पन्न हुने गर्दछ । कुहिरोका तथा शीत परेका कारण नै कतिपय अवस्थामा सवारी दुर्घटनाहरु भएको खवरहरु पनि वेलावेलामा वाहिरिने गरेका छन् ।

कसरी जोगिने शीतलहरबाट <

चिसो याममा बिशेषगरी तराईका जिल्लाहरुमा मुख्य समस्याको रुपमा देखिने शीतलहरवाट जेगिनु जरुरी हुन्छ । शीतलहरका वेलामा चिसोवाट बच्न बिशेष ख्याल राख्नुपर्दछ । डा. यदुचन्द घिमिरेका अनुसार चिसोवाट जोगिन पुरै शरिर ढाक्ने न्यानो लुगा लगाउने, तातो झोलिलो पदार्थहरुको सेवन प्रश्स्त मात्रामा गर्ने, आफु बस्ने कोठा न्यानो बनाइराख्नुपर्दछ ।

चिसोको वेलामा फाइबर, भिटामिन सी का साथै अन्य पोषक पदार्थ यो बेला खानु पर्छ । हरियो सागपात कम चिनी हालिएको गाजरको खीर, सुन्तला, भोगटे, कागतीजस्ता फलका साथै सामान्य तापमानको भोजन गर्न र प्रश्स्त मात्रामा पानी एवं अन्य तरल पदार्थको सेवन गर्न पनि डा. घिमिरेको सुझाव छ । यस्तै स्वास्थ्य सम्वन्धी कुनै समस्या उत्पन्न भएमा चिकित्सकसंग परामर्श लिने आदी गर्नुपर्दछ ।

विपत जतिवेला र जुनसुकै अवस्थामा पनि आउन सक्छ । जाडो मौसमको दुई महिनाभित्र जुनसकै बेला शीतलहर चल्न सक्छ । यसबाट मुख्य रूपमा गरिब, अतिविपन्न, असहाय वर्ग बढी प्रभावित हुन्ने गर्दछन् । त्यसैले शीतलहरबाट जोगिन अल्पकालीन र दिगो दुवै उपायको खोजी हुन आवश्यक छ । 


Comments

Popular posts from this blog

९ बर्षमा २ सय ३४ गैंडाको मृत्यु, ३९ सिकारीले मारे

नेपाली लेखक, पत्रकार, सम्पादक एवं वृत्तचित्र निर्माताः मोहन मैनाली