९ बर्षमा २ सय ३४ गैंडाको मृत्यु, ३९ सिकारीले मारे




 आ.व. २०७२/७३ देखी हालसम्मको अवधीमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १ सय ३ भाले तथा ८३ वटा पोथी र लिंग पहिचान हुुन नसकेका ४८ वटा गरी जम्मा २ सय ३४ गैंडाको मृत्यु भएको छ । जसमा प्राकुतिक कारण अर्थात बुढो भएर वा भिरवाट लडेर ६९ दलदलमा परी वा बाढीले बगाएर १९, आपसमा जुुधेंर ५४ र बाघ तथा गोहीको आक्रमणका कारण २५ गरी जम्मा १ सय ६७ र गैर प्राकृतिक कारण अर्थात सम्भावित चोरीशिकारीका कारणले १२, बिधुुतिय करेन्ट लागेर ८, बिरामी तथा रोगी भएर ११, खाडलमा परी ३, बिस खाएर ५ गरी ३९ गैंडाको मृत्युु भएको छ । यस्तै आ.व. २०७२र७३ देखी हालसम्म मृत्युु भएका गैंडामध्ये २८ वटाको भने कारण खुुल्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका सुुचना गणेश प्रसाद तिवारीले जानकारी दिनुुभयो । 

 

सुुचना अधिकारी तिवारीका अनुुुसार गैडाको मृत्यु हुनुको पछाडीका प्राकुतिक कारण अर्थात बुढो भएर वा भिरवाट लडेर, दलदलमा परी वा बाढीले बगाएर, आपसमा जुुधेंर र बाघ तथा गोहीको आक्रमणमा पर्नुु रहेका छन भने गैर प्राकृतिक कारणहरुतर्फ भने सम्भावित चोरीशिकारी, बिधुुतिय करेन्ट लागेर, बिरामी तथा रोगी भएर, खाडलमा परी, बिस खानुु आदी प्रमुुख कारणहरु रहेका छन् । आ.व. २०७२र७३ देखी हालसम्म मृत्युु भएका गैंडामध्ये केहीको भने कारण खुुल्न समेत बाँकी रहेको समेत तिवारीले बताउनुुभयो ।

पछिल्ला केहि वर्षयताको चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको मृत्युुको तथ्यांक हेर्ने हो भने आ.व. ७२/७३ मा ८ भाले,४ पोथी र २ वटा पहिचान हुुन नसकेका गरी जम्मा १४ गैंडाको ज्यान गएको छ । जसमा प्राकृतिक कारणले १० तथा गैरप्राकृतिक करणले ३ र कारण खुुल्न नसकेका मृत्युु भएका गैंडाको संख्या १ रहेको छ ।

यस्तै आ. व. ७३/७४ मा १४ भाले,९ पोथी र २ वटा पहिचान हुुन नसकेका गरी जम्मा २५ गैंडाको ज्यान गएको छ । जसमा प्राकृतिक कारणले १८ तथा गैरप्राकृतिक करणले ५ / २ वटा गैडाको मृत्युुको कारण भने अहिलेसम्म खुुल्न सकेको छैन । आ.व. ७४/७५ मा भने १४ भाले, पोथी ११ र पहिचान हुुन नसकेका १ गरी जम्मा २५ गैंडाको ज्यान गएको छ । जसमा प्राकृतिक कारणले २२ तथा गैरप्राकृतिक करणले ३ र कारण नखुुली मृत्युु भएका गैंडाको संख्या १ रहेको छ ।

   

आ.व. २०७५र७६ मा भने चितवन राष्ट्रिय निकुञ्जमा १० वटा भाले, १३ वटा पोथी र २० वटा पहिचान नखुलेको गरी जम्मा ४३, गैंडाको ज्यान गएको छ । जसमा प्राकृतिक कारणले २० तथा गैरप्राकृतिक करणले ३ र कारण नखुुली मृत्युु भएका गैंडाको संख्या २० रहेको छ । आ.व.७६/७७ मा १२ भाले,११ वटा पोथी र ३ वटा गैंडाको पहिचान नखुलेको गरी जम्मा २६ वटा गैंडाको ज्यान गएको छ । जसमा प्राकृतिक कारणले १४ तथा गैरप्राकृतिक करणले ९ र कारण नखुुली मृत्युु भएका गैंडाको संख्या ३ रहेको छ ।

आ.व. ७७/७८ मा १३ वटा भाले,१० वटा पोथी र पहिचान नखुलेको १० गरी जम्मा ३३ वटा गैंडाको मृत्युु भएको छ । जसमा प्राकृतिक कारणले २८ तथा गैरप्राकृतिक करणले ५ र कारण नखुुली मृत्युु भएका गैंडाको संख्या भने शुुन्य रहेको छ  । र आ. व. ७८/७९मा १८ भाले,१४ पोथी र ५ वटा पहिचान हुुन नसकेका गरी जम्मा ३७ गैंडाको ज्यान गएको छ । जसमा प्राकृतिक कारणले ३२ तथा गैरप्राकृतिक कारणले ४ र कारण खुुल्न नसकेका गैंडाको संख्या १ रहेको निकुञ्जको तथ्यांकले देखाएको छ । 

 

यस्तै आ. व. ७९/८०मा १२ भाले,७ पोथी र ३ वटा पहिचान हुुन नसकेका गरी जम्मा २२ वटा गैंडाको मृत्युु भएको छ । जसमा प्राकृतिक कारणले १८ तथा गैरप्राकृतिक कारणले ४ र कारण खुुल्न नसकेका गैंडाको संख्या भने शुुन्य रहेको चितवन राष्ट्रिय निकुञ्ज सुुचना अधिकारी तिवारीले जानकारी दिनुुभयो ।

चितवन राष्ट्रिय निकुञ्जका सुुचना अधिकारी गणेश प्रसाद तिवारीका अनुुसार आ.व. २०८०/८१ को ५ महिनाको अवधिमा मात्रै २ वटा भाले, ४ वटा पोथी र लिंग पहिचान हुुन नसकेका २ वटा गरी जम्मा ८ वटा गैंडाको मृत्युु भएको छ । जसमध्ये प्राकृतिक कारणले ५ तथा गैरप्राकृतिक कारणले ३ र कारण खुुल्न नसकेका गैंडाको संख्या भने शुुन्य रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी सिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ । गैंडाविज्ञले पनि चोरीसिकारीभन्दा पनि बासस्थान विनाश चुनौतीका रूपमा देखिएको बताएका छन् । 

Comments

Popular posts from this blog

शीतलहर जोखीम उच्चः कसरी जोगिन सकिन्छ त शीतलहरबाट

नेपाली लेखक, पत्रकार, सम्पादक एवं वृत्तचित्र निर्माताः मोहन मैनाली