“यो भ्रम हो, कि कसैले मैले यति जनालाई सक्षम, राम्रो बनाएँ भन्छ, वास्तवमा मान्छे आफ्नै लगन र मिहिनेतले स्तरीय, योग्य र सक्षम बन्ने हो’’ यो भनाई हो, दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियो, रेडियो सगरमाथा स्थापनाको पहलमा प्रत्यक्ष सहभागी बन्नुभएका बरिष्ठ पत्रकार, लेखक एवम्म् कुशल वृत्तचित्र फिल्म निर्माता मोहन मैनालीको । सधैं हसिंलो मुद्रामा रहनुहुने मैनाली आफू बच्चादेखी नै सोझो, ‘अन्तर्मुखी’ र ‘सोझो’ भएको बताउँनुहुन्छ । करिव ३ दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहनुुभएका मोहन मैनालीले पत्रकारीय जीवनमा अनेक भूमिका निभाउनुभएको छ । अनेक मिडियामा अनेक भूमिकामा काम गर्नुभएको छ । पञ्चायतकालको अन्त्यतिरदेखि नै पत्रकारिता क्षेत्रमा होमिनुभएका मैनालीका जीवनसङ्घर्ष, पत्रकारिता पेसाका सङ्घर्षसंगै उपलब्धिबारे ‘व्यक्तित्व’ स्तम्भमा प्रस्तुत गरेको छु ।
मोहन मैनाली नेपालको पूर्र्वी पहाडी जिल्ला तेह्रथुमको आठराईमा बि.स. २०२१ सालमा जन्मिनुभएको हो । बुबा रामप्रसाद र आमा भागीरथाका ५ छोरा तथा ५ छोरी गरी १० सन्तानमध्ये छोरातर्फका तेस्रा अर्थात साहिँला सन्तानका रुपमा मोहन मैनालीले यस धर्तिमा पाईला टेक्नुभएको हो । मध्यमवर्र्गीय परिवारमा जन्मिनुभएका मोहनका बाआमाको मूख्य पेसा खेती किसानी थियो । पहाडको ठाउँ, काम नगरी सम्पन्न भनिएकाहरूको पनि मुखमा माड लाग्ने अवस्था नभएको अवस्थामा मोहनले पनि खेती किसानीमा रातदिन काम गर्नुहुन्थ्यो । करिव तीन दशकदेखी पत्रकारितामा सक्रिय वरिष्ठ पत्रकार मैनालीले सुरुका दिनहरुमा अनुसन्धानमूलक रिपोर्टिङ्ग, वातावरण विट, फिल्ड रिपोर्टिङ्ग गर्नुभएको थियो । पछिल्ला दिनहरुमा भने मैनाली डकुमेन्ट्री र मिडिया तालिमकर्ताका रूपमा कार्य गर्दै आईरहनभएको छ ।
मैनालीको शैक्षिक यात्रा
आर्थिक हिसाबले मध्यम वर्र्गीय परिवार भएकाले धेरै सन्तान भए पनि मोहनले पढाईको लागी खासै समस्या झेल्नुपरेन । अझ तेह्रथुम जिल्ला त शिक्षाको क्षेत्रमा पहिल्यैदेखी अगाडी नै रहेको थियो । शिक्षाको राम्रै आवश्यकता बोध गरिसकेको आठराई क्षेत्रमा पनि विद्यालयहरू संगै क्याम्पससमेत स्थापना भएको थियो । मोहनले सामान्य शिक्षा भने घरमै सिक्नुुभएको थियो । त्यसपछि घरकै नजिकमा रहेको प्रणामी मिडिल स्कुलमा भर्ना हनुुभएको थियो ।
त्यसपछि उहाँ घरभन्दा केही पर रहेको पोखरी माविमा पढ्न जानुुभयो । र पोखरी माविबाटै २०३६ सालमा एसएलसी दिनुुभयो । एसएलसी उत्तीर्ण गरेपछि राजधानी काठमाडौं आएर पढ्न मन भएपनि कारणवस सम्भव हुुनसकेन । उहाँका आफन्तहरू झापामा भएकोले बस्न र अन्य सुविधाका कारण उहाँ भद्रपुर क्याम्पस पढ्न थाल्नुुभयो । भद्रपुर क्याम्पसमा उहाँले केही समय विद्यार्थी राजनीतिमा पनि सक्रिय हुुनुुभएको थियो । पछि गएर नेताहरुको ‘आफू र आफ्ना नै पहिलो प्राथमिकता हुनेरहेछ भन्ने चेतना मनमा पसेपछि भने त्यसवेला देखीनै मैनालीको मनमा राजनीति र राजनीतिक नेताप्रति वितृष्णा उत्पन्न भयो । त्यसपछि उहाँले आईए पढ्दा नेपाली, इतिहास र अर्थशास्त्र विषय लिएर पढ्नुुभयो । आईए पूरा गरेपछि भने उहाँ काठमाडौतिर आएर काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक पढ्नुुभएको थियो ।
काठमाण्डौंमा मोहनले गर्नुुपरेको संघर्षः बोर्डिङ अध्यापनदेखि पत्रिका पसलसम्म तथाः पत्रकारितामा आकर्शण
काठमाडौं छिरेपछि पढ्ने, खाने, बस्ने पैसाको जोहो गर्न उहाँले भक्तपुरमा एउटा बोर्डिङ स्कुलमा पढाउन सुरु गर्नुभयो । केही महिना अध्यापन गरेपछि शिक्षकको तलब, सुविधाका प्रश्न उठेपछि जागिर नै छाडिदिनुभयो । त्यसपछि उहाँको पत्रपत्रिका पसलतिरको यात्रा सुरु गर्नुभयो । २०४३ सालमा डिल्लीबजारमा ‘शुभकामना बुक्स एण्ड स्टेसनर्स’ सुरु गर्नुभयो । बिहानैदेखि पसलको काम त्यसमाथि पढाइ, क्याम्पस पनि जानै पर्ने जसको कारण उहाँले पढाईलाई समय दिन सक्नुभएन । उहाँ सम्झनुहुन्छ ‘‘बीए दोस्रो वर्षको परीक्षा परीक्षा दिन पाईन, जसका कारण २ वटा विषयको मात्र परीक्षा दिन पाए, पसलले मलाई त पाल्यो, तर पढाइमा नराम्रो अवरोध पुर्यायो ।
’
पत्रकारितामा आर्कशण
मोहनको पत्रपत्रिका पसल २०४७ सालसम्मको यात्रामा उहाँले देश, विदेशका चर्चित पत्रपत्रिका अध्ययन गर्ने मौका पाएपछि पत्रकारितातिर आकर्षित हुनुभएको थियो । त्यसो त उहाँ झापा भद्रपुर क्याम्पस पढ्दै गर्दा नै पत्रपत्रिकातिर लोभिनुभएको थियो । मैनालीले झापाको चन्द्रगढीमा एउटा ट्रेडल प्रेस अर्थात तल खुट्टाले चलाउँदै माथि कागज फेर्दै छाप्ने मेसिन देख्नुभएको थियो । पछि गएर ‘लेटर प्रेस’ अर्थात हातले अक्षरका दाँती मिलाएर छाप्ने मेसिनमा भने उहाँले काम गर्ने नै अवसर पाउनुभयो । संयोगले ‘दैनिक समाज’ मणिराज उपाध्यायको स्वामित्वको त्यसबेलाको प्रख्यात अखबारले उहाँकै पसलबाट विदेशी र स्वदेशी अन्य अखबार र पत्रिका किन्ने गथ्र्यो भने मोहनले पनि दैनिक समाज पत्रिकालाई स्टेसनरीबाट बेचिदिनुहुन्थ्यो । पछि गएर मणिराजले मोहनलाई दैनिक समाजका लागि लेख्न अफर गरे । त्यसपछि भने मोहनको औपचारिक पत्रकारिताको यात्रा सुरु भएको हो ।
दैनिक समाजमा काम गर्दै गर्दा पत्रकारहरु गोपाल गुरारागाई, राजेन्द्र दाहाल, ओम खड्का तथा हेम वहादुर बिष्टको सहयोगका कारण नेपाल वातावरण पत्रकार समूहमा आवद्ध हुनुभयो । वातावरण पत्रकार समूहले दिने फेलोसीपमा सहभागी भई ३ हजार रुपैया समेत प्राप्त गर्नुभएको थियो । त्यसवेलाका प्रखर पत्रकारहरू संलग्न रहेका वातावरण पत्रकार समुहले रेडियो सञ्चालनको अवधारणा ल्याइरहेको थियो भने पुस्तक र भित्तेपत्रिका प्रकाशनका काम गरिरहेको थियो ।
दक्षिण एसियाकै पहिलो स्वतन्त्र रेडियो रेडियो सगरमाथा स्थापनाको पहलमा पनि मोहन सहभागी बन्नुभयो । देशकै पहिलो भिडियो म्यागजिन ‘आँखिझ्याल’सँग मोहन आवद्ध रहनुभयो । आफ्नो उर्वर र ऊर्जाशील समय वातावरण पत्रकार समूहमै व्यतीत गरेको मोहन बताउनुहुन्छ । झन्नै झन्नै आधा दशकभन्दा बढी आखीँझ्यालमा काम गरेपछि उहाँले केही महिना ‘स्पोट लाइट’ पत्रिकामा काम गर्नुभयो । यसपछिको मोहनको यात्रा खोज पत्रकारितातिर मोडियो । खोज पत्रकारिता केन्द्रमा आवद्ध हुनुभयो । त्यहीबेला मोहन ‘हिमाल खबरपत्रिका’सँग पनि आवद्ध हुनुभयो ।
पत्रकारिता तालिमः पुस्तक लेखन तथा बृत्तचित्र फिल्म निर्माण
मोहन मैनाली आफू सक्रिय पत्रकार मात्र नभई उहाँको योगदान नेपालमा राम्रा र स्तरीय पत्रकार उत्पादनमा पनि छ । तर, यो कुराको जस लिन चाहानुहुन्न । उहाँ भन्नुहुन्छ, ‘यो भ्रम हो कि कसैले मैले यति जनालाई वा यसलाई यस्तो बनाएँ भन्छ । वास्तवमा उसको आफ्नै लगन र मिहिनेतले ऊ स्तरीय, योग्य र सक्षम बन्ने हो, केहीले थोरै गाइड गरेजस्तो गरिदिने मात्र हो । कोही राम्रो छ भने नी त्यसको श्रेय लिन्न अनि मेरो तालिममा सहभागी भएपछि कसैले गल्ति गरेको छ भनेपनि त्यसको दोष पनि म लिन्न’ ।
यसबीचमा मैनालीले केही पत्रकारिता सम्वद्ध पुस्तक लेख्नुभयो भने धेरै तालिम सामग्री तयार पार्नुभएको छ । उहाँले धेरै कितावहरु लेखनुभएको छ । तीमध्ये ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ नामक पुस्तकले त निकै चर्चा पाएका छन् । मैनाली रिपोर्टिङ र अन्य पत्रकारीय कार्यका लागि देशका लगभग सबैजसो भेगमा पुगिसक्नुभएको छ यसै क्रममा उहाँ महाकालीको किनारैकिनार तिब्बतको ताक्लाकोट हुदै मानसरोवर पुग्नुभयो फर्किएपछि उहाँले उक्त यात्राकाको वर्णन गर्दै नियात्रा लेख्नुभयो । उक्त नियात्रा रेडियो सगरमाथाबाट २०६० सालमा प्रसारण गरिएको थियो ।
त्यहीबीच कान्तिपुर कोसेलीमा मोहनको नियात्रा ‘लार्केपासमा मर्न बस्दा’ छापियो । यसपछि मोहनले यसैलाई पुस्तक बनाउनुभयो जुन पुस्तक नै उपल्लो थलोका नामले चर्चित छ । त्यसपछि २०७१ सालमा तत्कालीन सशस्त्र द्वन्द्वका कथा र विषय समेटिएको ‘मान्ठा डराएको जुग’ अर्को पुस्तक पनि प्रकाशन भएको थियो ।
यसैबीचमा उहाँले धेरै डकुमेन्ट्री समेत निर्माण गर्नुभएको छ, ‘जोगिमाराका जिउँदाहरू ।’ यो तत्कालीन समयमा देशमा चलिरहेको हिंसात्मक विद्रोहका कारण ज्यान गुमाएका मजदुरहरूमाथि तयार पारिएको डकुमेन्ट्री हो । त्यस समयमा कालीकोटको कोटबाडा विमानस्थल निर्माणमा खटिएका मजदुरहरूको माओवादीको आरोपमा गरिएको नरसंहारलाई विषय बनाएर निर्माण गरिएको उक्त डकुमेन्ट्री मैनालीले नै निर्माण गर्नुभएको हो ।
मैनालीको नजरमा पत्रकारिताको भविश्य, अवसर र चुनौति
अहिले पनि राम्रो पत्रकारको लागी अवसरै अवस रहेको मैनालीको भनाई छ । पत्रकारिताका चुनौती केलाउनुुभन्दा पहिले पत्रकारहरुको दायित्वका बिषयमा पनि समिक्षा गर्नुु जरुरी रहेको मैनालीको भनाई रहेको छ । पत्रकारिता पत्रकारिता आफैमा चुनौतीपूर्ण पेशा भएको उहाँको ठहर छ । योसंगै अहिलेको पत्रकारिता कमजोर भएको पनि उहाँको भनाई छ । अहिलेको सञ्चारगृह तथा मिडियाहरुले दिने कन्टेनहरु समयसापेक्ष तथा जनचासोमा आधारित हुनुपर्नेमा मैनालीको जोड छ । प्रविधीको बिकाश भएसंगै सवै मान्छेसम्म सजिलै सुुचना पुुग्ने भएकोले अव प्रधानमन्त्रिले के भने कहाँ के उद्घाटन गरियो भन्ने कुुरालाई पत्रकारहरुले कन्टेन नवनाई खोजमुुलक पत्रकारितामा जोड दिनु आजको आवश्यक्ता भएको वताउनुहुन्छ । समाचारलाई रोचक, आकर्षक, पठनीय, दर्शनीय र श्रवणीय रूपमा सम्प्रेषण गर्ने पत्रकारको खाचो रहेको मोहनको भनाई छ । अधिकांसको पत्रकारिता औपचारिकतामा सीमित छ । खोज तथा अनुसन्धानमुलक समाचारतर्फ ध्यान छैन ।
मैनालीको नजरमा पत्रकारको भुमिका र नयाँ पत्रकारहरुका लागी सुुझाव
पेशागत दायित्व निर्वाहसंगै यतिबेला लोकतन्त्रको सुदृढीकरण, संविधान कार्यान्वयन, राज्य पुनर्संरचना, शान्ति, एकता, विकासको बातावरण सिर्जना गनु पर्ने दायित्व पनि पत्रकारको काँधमा रहेको मोहनको भनाई छ । नेपाली पत्रकारहरुमा साक्षरता र शिक्षाको गुणस्तरसमेत उदेकलाग्दो रहेको तथा अहिलेका पत्रकारहरु धेरै अल्छि भएको भनाई मोहनको छ । हिजोको जस्तो व्याख्या विश्लेषण तथा मिडियाले दिने कन्टेन र आजको विश्लेषण, परिभाषा तथा कन्बटेनहरुमा धेरै भिन्नता रहेकोले गहन अध्यन तथा समयअनुुकुलका बिषयबस्तुुमा खोजमुुलक सामाग्री प्रस्तुुत गर्नसक्ने पत्रकारहरु आजको आवश्यक्ता भएको मोहनक भनाई छ । यसतै मैनाली पत्रकारहरुलाई थप जिम्मेबार भएर पत्रकारिता गर्न पनि सुुझाव दिनुुहुुन्छ ।
Comments
Post a Comment