पुस्तक समिक्षा: साईवर सुरक्षाः अवधारणा र अभ्यास

३ जना लेखक गंगालाल चपाई, बाबुराम अर्याल र रबिराज बरालद्वारा संयुक्त रुपमा लेखीएको “साईवर सुरक्षाः अवधारणा र अभ्यास” को प्रथम संस्करण २०८० साउन १ गते प्रकाशित भएको हो । साईबर सुरक्षा सम्बन्धी जानकारी दिने यो पुस्तक बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालयको सहयोगमा प्रकाशन भएको यो पुस्तकको पहिलो संस्करण अन्तर्गत १५ सय प्रति छापिएका छन् । सर्वसाधारणलाई साइबर सुरक्षा, त्यसको महत्त्व बुझाउन यो पुस्तक ल्याइएको हो । पुस्तकमा वास्तविक जीवनमा साइबर सुरक्षाको महत्त्व उल्लेख गरिएको छ ।



पुस्तकमा चार खण्ड रहेका छन । पहिलो खण्ड ‘साइबर सुरक्षा’मा के हो साइबर सुरक्षा ?, साइबर सुरक्षाको महत्त्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता कायम र उपलब्धताको पक्का जस्ता विषय समेटिएका छन् । त्यस्तै दोस्रो खण्ड ‘साइबर अपराध’मा अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमण, बहुआयामिक चुनौतीहरू, प्राविधिक चुनौतीहरू मानवीय चुनौतीहरू, भौतिक चुनौतीहरू र तेस्रो पक्षीय चुनौतीहरूका बारेमा चर्चा गरिएको छ ।  पुस्तकको तेस्रो खण्ड ‘सुरक्षा अवधारणा र औजारहरू’ मा एन्टिभाइरस, क्लाउड एन्टिभाइरस, सुरक्षा फायरवाल, इन्क्रिप्सन र डिक्रिप्सन, डिजिटल हस्ताक्षर तथा डिजिटल फरेन्सिकका विषयवस्तु समेटिका छन् ।

त्यसैगरी पुस्तकको चौंथो खण्डमा कानून र नियमनको विषयमा चर्चा गरिएको छ । यसअन्तर्गत साइबर कानूनको सुरुवात, अन्तर्राष्ट्रिय साइबर कानून, नेपालमा साइबर कानून, साइबर स्पेस र गोपनीयता, डिजिटल प्रोपर्टी, सामाजिक सञ्जालसम्बन्धी कानून, आचारसंहिता र नैतिक मान्यताबारे उल्लेख गरिएको छ । पुस्तकमा अलि बढी नै प्रबिधिक लाग्ने, नेटर्वक आक्रमण, साईवर वारफेयर, क्रिप्टोग्राफी जस्ता जटिल प्रकृतिका साईवर चुनौतिका बिषय र समाधानवारे समेत बढो ईमान्दारीका साथ चर्चा गरिएको छ ।

तर पुस्तकमा अलि बढी नै अंग्रेजी भाषको प्रयोग भएको देखीन्छ । यो पुस्तक नेपाली पाठकको लागी लेखिएको यसमा प्रयोग हुने प्राबिधिक शब्दहरुलाई नेपालीमा रुपान्तरण गरेर प्रस्तुत गर्न सकिएको भए अझ सरल, सहज र सबैका लागी हुने थियो । १ सय ११ पृष्ठको यो पुस्तक यति ब्यापक क्षेत्र रहेको साईवर क्षेत्रका लागी अलि कम हो की भन्ने पनि मेरो बुझाई रहेको छ । यस पुस्तकमा साईवर अपराध अनि यसको लागी हाम्रो देश तथा अन्र्तराष्ट्रिय स्तरमा प्रचलित नियम कानुन तथा सजायको वारेमा अलि बिस्तृतमा पस्कन पाएको भए अझ सुनमा सुगन्ध हुने थियो । अझ यस पुस्तकमा अहिले सम्म भएका साईवर अपराध र त्यसमा शिलशीलामा दोषिहरुले पाएको सजायका उदाहरणहरु समेत पस्कन पाएको भए पुस्तक अझ बढी स्तरीय हुने थियो भन्न सकिन्थ्यो । डिजीटल साक्षरताको दुनिया अझ ब्यापक छ झन यो सवैभन्दा बढी पत्रकारिता क्षेत्रमा पनि अलि बढी प्रयोग हुने र लेखक आफै पनि यस सम्वन्धी जानकार नै रहनुभएको हुदा पनि पत्रकारिता र साईवरलाई अलि बढी स्थान दिन सकिएको भए पत्रकारिता अध्यन गरिरहेका सवैका लागी यो पुस्तक झन पठनीय हुने मेरो मान्यता रहेको छ ।

लेखकले साईवर र यसका हरेक बिषय बस्तुलाई छुने प्रयास त गरेका छन् । तर त्यस्को यर्थाथ तह अर्थात गहिराईसम्म पुग्न खोज्ने पाठकको तिर्खा मेटन भने सकेका छैन । अन्त्यमा मेरो असन्तुष्टि पुस्तक प्रकाशन संग छ । त्यसै पाएको पुस्तकको कदर पाठकले गर्दैनन् । त्यसरी पाएको पुस्तक धेरैको दराजमा थन्किएर बस्छ या पढदै नपढी किलोको भाउमा साईकलवालाको बोरामा पुग्छ भने पढन ईच्छा राख्नेको हातमा किताब पुग्न सक्दैन । आगामी प्रकाशनमा मुल्य राखेर पसल सम्म पुस्तक पुग्न सक्ने वातावरण बनाउन सके मात्र प्रकाशनको सार्थकता हुन्छ भन्ने मेरो मान्यता छ ।

Comments

Popular posts from this blog

शीतलहर जोखीम उच्चः कसरी जोगिन सकिन्छ त शीतलहरबाट

९ बर्षमा २ सय ३४ गैंडाको मृत्यु, ३९ सिकारीले मारे

नेपाली लेखक, पत्रकार, सम्पादक एवं वृत्तचित्र निर्माताः मोहन मैनाली