Posts

Showing posts from October, 2023

फिल्म समिक्षाः पेज थ्री

Image
मधुर भण्डारकर द्वारा निर्देशित तथा बबी पुष्कर्ण र कविता पुष्कर्ण द्वारा निर्मित भारतिय फिल्म ‘पेज थ्री’ भारतको राजधानी शहर मुम्बईको संस्कृति र मिडिया को बारेमा केन्द्रित रहेर निर्माण गरिएको फिल्म हो । यो फिल्म २००५ मा सार्वजनिक भएको ड्रामा फिल्म हो । भारतिय कलाकार कोंकणा सेन शर्मा, अतुल कुलकर्णी, सन्ध्या मृदुल, तारा शर्मा, अन्जु महेन्द्रु र बोमन इरानीको मुख्य भुमिका रहेको यो फिल्मले सर्वश्रेष्ठ फिल्मको लागि गोल्डेन लोटस अवार्ड सहित तीन राष्ट्रिय फिल्म अवार्ड समेत जितेको छ । कोंकणा सेन शर्माः माधवी शर्माको भूमिकामा,अतुल कुलकर्णीः विनायक मानेको भूमिकामा,सन्ध्या मृदुलः पर्ल सिक्वेराको भूमिकामा,तारा शर्माः गायत्री सचदेवाको भूमिकामा,अन्जु महेन्द्रुः रितु बजाजको भूमिकामा,बोमन इरानीः दीपक सुरीको भूमिकामा,विक्रम सलुजाः रोहित कुमारको भूमिकामा,नासर अब्दुल्ला, रोमेश थापर, उद्योगपतिको रूपमा रहेका छन् । माधवी शर्मा अर्थात कोन्कोना सेन शर्मा यस फिल्ममा पत्रकार को भुमिकामा रहेकी छन् । जो कामको खोजीमा मुम्बई गएकी हुन्छिन । उनलाई फिल्ममा एक अखबारका सम्पादकको भुमिका निर्वाह गरिरहेका  दीपक सुरी अर्था...

पुस्तक समिक्षा: साईवर सुरक्षाः अवधारणा र अभ्यास

Image
३ जना लेखक गंगालाल चपाई, बाबुराम अर्याल र रबिराज बरालद्वारा संयुक्त रुपमा लेखीएको “साईवर सुरक्षाः अवधारणा र अभ्यास” को प्रथम संस्करण २०८० साउन १ गते प्रकाशित भएको हो । साईबर सुरक्षा सम्बन्धी जानकारी दिने यो पुस्तक बागमती प्रदेश अन्तर्गतको आन्तरिक मामिला तथा कानून मन्त्रालय, सञ्चार रजिष्ट्रारको कार्यालयको सहयोगमा प्रकाशन भएको यो पुस्तकको पहिलो संस्करण अन्तर्गत १५ सय प्रति छापिएका छन् । सर्वसाधारणलाई साइबर सुरक्षा, त्यसको महत्त्व बुझाउन यो पुस्तक ल्याइएको हो । पुस्तकमा वास्तविक जीवनमा साइबर सुरक्षाको महत्त्व उल्लेख गरिएको छ । पुस्तकमा चार खण्ड रहेका छन । पहिलो खण्ड ‘साइबर सुरक्षा’मा के हो साइबर सुरक्षा ?, साइबर सुरक्षाको महत्त्व, साइबर सुरक्षाको उद्देश्य, गोपनीयताको रक्षा, अखण्डता कायम र उपलब्धताको पक्का जस्ता विषय समेटिएका छन् । त्यस्तै दोस्रो खण्ड ‘साइबर अपराध’मा अपराधका प्रकार र अपराधीका नियत, साइबर आक्रमण, बहुआयामिक चुनौतीहरू, प्राविधिक चुनौतीहरू मानवीय चुनौतीहरू, भौतिक चुनौतीहरू र तेस्रो पक्षीय चुनौतीहरूका बारेमा चर्चा गरिएको छ ।  पुस्तकको तेस्रो खण्ड ‘सुरक्षा अवधारणा र औजारहरू’...

नेपाली लेखक, पत्रकार, सम्पादक एवं वृत्तचित्र निर्माताः मोहन मैनाली

Image
“यो भ्रम हो, कि कसैले मैले यति जनालाई सक्षम, राम्रो बनाएँ भन्छ, वास्तवमा मान्छे आफ्नै लगन र मिहिनेतले स्तरीय, योग्य र सक्षम बन्ने हो’’ यो भनाई हो, दक्षिण एसियाकै पहिलो स्वतन्त्र सामुदायिक रेडियो, रेडियो सगरमाथा स्थापनाको पहलमा प्रत्यक्ष सहभागी बन्नुभएका बरिष्ठ पत्रकार, लेखक एवम्म् कुशल वृत्तचित्र फिल्म निर्माता मोहन मैनालीको । सधैं हसिंलो मुद्रामा रहनुहुने मैनाली आफू बच्चादेखी नै सोझो, ‘अन्तर्मुखी’ र ‘सोझो’ भएको बताउँनुहुन्छ । करिव ३ दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा निरन्तर सक्रिय रहनुुभएका मोहन मैनालीले पत्रकारीय जीवनमा अनेक भूमिका निभाउनुभएको छ । अनेक मिडियामा अनेक भूमिकामा काम गर्नुभएको छ । पञ्चायतकालको अन्त्यतिरदेखि नै पत्रकारिता क्षेत्रमा होमिनुभएका मैनालीका जीवनसङ्घर्ष, पत्रकारिता पेसाका सङ्घर्षसंगै उपलब्धिबारे ‘व्यक्तित्व’ स्तम्भमा प्रस्तुत गरेको छु । मोहन मैनाली नेपालको पूर्र्वी पहाडी जिल्ला तेह्रथुमको आठराईमा बि.स. २०२१ सालमा जन्मिनुभएको हो । बुबा रामप्रसाद र आमा भागीरथाका ५ छोरा तथा ५ छोरी गरी १० सन्तानमध्ये छोरातर्फका तेस्रा अर्थात साहिँला सन्तानका रुपमा मोहन मैनालीले यस ...