Posts

Showing posts from December, 2023

जलवायु परिवर्तन र नेपाल

अर्जुन धामी, बिए चौथो बर्ष,  बिद्यार्थी संकेत नम्वरः ८८१ सन् २०२३ विश्वइतिहासमै तातो वर्ष भनेर रेकर्ड स्थापित भयो । सबैभन्दा तातो वर्ष बन्नका लागि पहिलेका रेकर्डहरू तोड्दै खतराको घण्टी बजेको छ । बढ्दो तापक्रम, बेमौसमी बाढी, डरलाग्दो वन डढेलो लगायतले संसारभरको जनजीवन कष्टकर बन्दै गएको छ । नेपालजस्तै भौगोलिक क्षेत्र भएको भारतका हिमाली राज्यहरू उत्तराखण्ड, अरुणाचललगायतका प्रदेशमा आइरहेका प्राकृतिक विपत्तिहरू त्यस्तै अतिरञ्जित मौसम घटना हुन् । तिनै क्षेत्रमा भुइँचालोको समेत पुनरावृत्ति भइरहेको बिभिन्न तथ्यांकहरुले देखाएको छ । यस्ता समस्याहरु न्ेपाल र भारतमा मात्र नभई कुनै न कुनै रुपमा पुरा बिश्व समुदायले नै भोगिरहेको छ । यी सवै समस्याको एउटै कारण जलवायु परिवर्तनलाई मान्न सकिन्छ । जलवायु परिवर्तनले मानिसलाई उपभोगका लागि आवश्यक पर्ने पानी तथा खाद्य सामग्री उत्पादन गर्न गाह्रो भैईरहेको छ । केही स्थानहरूमा जोखिमपूर्ण रूपमा नै अत्यधिक गर्मी भैईरहेको छ । समुद्री सतह बढ्न जाँदा हालका तटीय क्षेत्रहरूबसोबास गर्दै नसकिने भएका छन् । चर्को गर्मी, आँधी वा ठूलो वर्षाजस्ता चरम मौसमी अवस्था नियमित हुँ...

९ बर्षमा २ सय ३४ गैंडाको मृत्यु, ३९ सिकारीले मारे

Image
 आ.व. २०७२/७३ देखी हालसम्मको अवधीमा चितवन राष्ट्रिय निकुञ्जमा मात्रै १ सय ३ भाले तथा ८३ वटा पोथी र लिंग पहिचान हुुन नसकेका ४८ वटा गरी जम्मा २ सय ३४ गैंडाको मृत्यु भएको छ । जसमा प्राकुतिक कारण अर्थात बुढो भएर वा भिरवाट लडेर ६९ दलदलमा परी वा बाढीले बगाएर १९, आपसमा जुुधेंर ५४ र बाघ तथा गोहीको आक्रमणका कारण २५ गरी जम्मा १ सय ६७ र गैर प्राकृतिक कारण अर्थात सम्भावित चोरीशिकारीका कारणले १२, बिधुुतिय करेन्ट लागेर ८, बिरामी तथा रोगी भएर ११, खाडलमा परी ३, बिस खाएर ५ गरी ३९ गैंडाको मृत्युु भएको छ । यस्तै आ.व. २०७२र७३ देखी हालसम्म मृत्युु भएका गैंडामध्ये २८ वटाको भने कारण खुुल्न नसकेको चितवन राष्ट्रिय निकुञ्जका सुुचना गणेश प्रसाद तिवारीले जानकारी दिनुुभयो ।    सुुचना अधिकारी तिवारीका अनुुुसार गैडाको मृत्यु हुनुको पछाडीका प्राकुतिक कारण अर्थात बुढो भएर वा भिरवाट लडेर, दलदलमा परी वा बाढीले बगाएर, आपसमा जुुधेंर र बाघ तथा गोहीको आक्रमणमा पर्नुु रहेका छन भने गैर प्राकृतिक कारणहरुतर्फ भने सम्भावित चोरीशिकारी, बिधुुतिय करेन्ट लागेर, बिरामी तथा रोगी भएर, खाडलमा परी, बिस खानुु आदी प्रमुुख का...